You are viewing the translated version of लगानी स्वीकृति सम्बन्धी व्यवस्था.
Rule 31
लगानी स्वीकृति सम्बन्धी व्यवस्था
(१) ऐनको दफा ३ बमोजिम कुनै परियोजनामा लगानी गर्न इच्छुक लगानीकर्ताले लगानी स्वीकृतिका लागि बोर्ड समक्ष अनुसूची-७ बमोजिमको ढाँचामा नेपाली वा अङ्ग्रेजी भाषामा निवेदन दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम निवेदन दिँदा लगानीकर्ताले दस्तुर बापत एक लाख पचास हजार रुपैयाँ बोर्डले तोकेको बैङ्क खातामा जम्मा गरी सोको निस्सा समेत पेश गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिमको निवेदनसाथ लगानीकर्ताले देहायको विवरण सहितको प्रस्ताव पेश गर्नु पर्नेछः- (क) निजी लगानीमा कार्यान्वयन हुने परियोजनाको हकमा परियोजनाको नाम, प्रकृति, स्थान र परियोजनाको अवधारणा सम्बन्धी विवरण,
(ख) परियोजना तयार गर्न लाग्ने अनुमानित लागतको विवरण,
(ग) स्वदेशी वा विदेशी पूँजी वा वैदेशिक क्रण भए सोको अनुमानित अंश समेत खुलाएको परियोजनाको प्रस्तावित वित्तीय स्रोत विवरण,
(घ) परियोजना कार्यान्वयनको व्यावसायिक योजना,
(ङ) परियोजना कार्यान्वयन गर्ने कार्य तालिका,
(च) निवेदक कम्पनी वा संस्थाको अद्यावधिक शेयर लगत,
(छ) अन्य आवश्यक कुरा ।
(४) सार्वजनिक-निजी साझेदारीमा कार्यान्वयन हुने परियोजनाको हकमा उपनियम (१) बमोजिम दिइने निवेदन साथ उपनियम (३) बमोजिमको विवरणको अतिरिक्त सो परियोजना विकास र सञ्चालन गर्न सम्बन्धित निकायबाट निवेदक छनौट भएको विवरण समेत पेश गर्नु पर्नेछ ।
(५) उपनियम (१) बमोजिम कुनै निवेदन प्राप्त भएकोमा बोर्डले त्यस्तो निवेदन प्राप्त भएको मितिले पन्ध्र दिनभित्र निवेदन साथ प्राप्त कागजात तथा प्रस्ताव अध्ययन गरी प्रस्तावित परियोजनाको आवश्यकता तथा औचित्य बिचार गरी लगानी स्वीकृति दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम लगानी स्वीकृत भएमा कार्यालयले सो निर्णय भएको मितिले सात दिनभित्र निवेदकलाई अनुसूची-८ बमोजिमको ढाँचामा अनुमतिपत्र दिनु पर्नेछ।
(७) यो नियमावली प्रारम्भ हुनु पूर्व प्रचलित कानून बमोजिम कुनै निकायमा लगानी स्वीकृतिको प्रक्रियामा रहेको परियोजना ऐनको दफा ३ बमोजिम वा परियोजनाको क्षमता बिस्तार वा अन्य कुनै कारणले बोर्डको क्षेत्राधिकारमा पर्ने भई बोर्डबाट कारबाही अगाडि बढाउनु परेमा त्यस्तो निकायले सो परियोजनासँग सम्बन्धित सम्पूर्ण कागजात र अद्यावधिक विवरण कार्यालयलाई हस्तान्तरण गर्नु पर्नेछ ।
तर लगानी स्वीकृत भइसकेका कुनै परियोजनाको पूँजी बृद्धि, क्षमता बृद्धि, शेयर हस्तान्तरण लगायतको प्रशासन, अनुगमन वा सहजीकरण सम्बन्धी कार्य सम्बन्धित निकायबाट नै गर्न यस उपनियमले बाधा पुन्याएको मानिने छैन ।
(८) उपनियम (७) बमोजिम सम्बन्धित निकायबाट परियोजना सम्बन्धी कागजात र विवरण प्राप्त भएमा बोर्डले आवश्यक निर्णय गरी लगानी स्वीकृति सम्बन्धी प्रक्रिया अगाडि बढाउनेछ।
(९) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै परियोजना कार्यान्वयन गर्ने लगानीकर्ताले एउटै प्रकृतिको फरक फरक युनिट तथा क्षेत्र उल्लेख गरी एउटै परियोजनाको रुपमा लगानी स्वीकृतिको लागि सम्बन्धित निकायमा सो सम्बन्धी प्रस्ताव समेत संलग्न राखी निवेदन दिन सक्नेछ।
(१०) उपनियम (९) बमोजिम कुनै निवेदन प्राप्त भएमा वा सम्बन्धित निकाय समक्ष परियोजना कार्यान्वयनका लागि पेश भएका निवेदनमा फरक फरक युनिट तथा क्षेत्र उल्लेख गरेको भए तापनि त्यस्तो परियोजना एउटै परियोजनाको रुपमा विकास गर्न उपयुक्त हुने देखिएमा सम्बन्धित निकायले एउटै परियोजनाको रुपमा लगानी स्वीकृति गर्न सक्नेछ ।
(११) उपनियम (१०) बमोजिम सम्बन्धित निकायले स्वीकृति प्रदान गरेका परियोजनाको कार्यान्वयन यस नियमावलीमा उल्लिखित व्यवस्थाको अधीनमा रही हुनेछ।
(१२) यस नियम बमोजिम लगानी स्वीकृतिको लागि पेश भएको निवेदन बमोजिम लगानी स्वीकृति नभएमा कार्यालयले सोको कारण सहित निवेदकलाई जानकारी गराउनु पर्नेछ ।